Admin Login

केदारस्यूँ गाउँपालिका सुदुरपश्चिम प्रदेश देउरा, बझाङ डिजिटल प्रोफाईल सिस्टम

  • 9858454835
  • kedarasyumun@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

केदारस्युँ गाउँपालिका सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लामा अवस्थित एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वको स्थानीय तह हो। नेपालको संविधान, २०७२ बमोजिम स्थानीय तह पुनःसंरचनापछि वि.सं. २०७३ सालमा साविकका विभिन्न गाउँ विकास समितिहरूलाई समायोजन गरी यस गाउँपालिकाको गठन गरिएको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँपालिकाको कुल जनसंख्या २१,३१२ रहेको छ भने कुल क्षेत्रफल ११३.९१ वर्ग किलोमिटर रहेको छ। गाउँपालिकालाई प्रशासनिक रूपमा ९ वटा वडामा विभाजन गरिएको छ। केदारस्युँ गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, सांस्कृतिक विविधता तथा सामाजिक सद्भावले सम्पन्न क्षेत्र हो। कृषि, पशुपालन, स्थानीय व्यापार, वैदेशिक रोजगारी तथा साना व्यवसाय यहाँका स्थानीय बासिन्दाको जीविकोपार्जनका प्रमुख आधार हुन्। सूचना प्रविधिमा आधारित सेवा प्रवाह, सुशासन, दिगो विकास तथा नागरिक सहभागितालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले समृद्ध, आत्मनिर्भर र आधुनिक गाउँपालिका निर्माणतर्फ निरन्तर कार्य गरिरहेको छ।

  • गृह पृष्ठ
  • चिनारी